नयाँ गोरेटोको अपार सफलता पछि प्रभुको इच्छा र दर्शकहरुको अनुरोधमा पुन: यसले दोस्रो कथानक चलचित्र तैयार गर्ने योजना भर्खरै हातमा लिएकोछ । यसको कथा, पटकथा, लोकेशन लगायत तकनिकी समूह तयारी प्राय पूर्ण भईसकेकोछ | यसचोटीको फिल्म अरु फिल्म संगसंगै "नयाँ गोरेटो" को पनि तुलनामा अझ उत्तम र उत्कृष्ट तथा ठूलो पर्दामा देखाइने हुनुपर्ने सबैको मागलाई ध्यानमा राख्दै त्यस्तै लक्ष्य राखी त्यही अनुरुप तैयारी गरिंदैछ | अब छायांकन शुरु गर्न केही समय अवश्यै लाग्नेछ, कृपया धुरन्धार प्रार्थना गरिरहनुहोला। यो फिल्म हामी सबैको सहायता र परिश्रमले बनिने भएता पनि प्रभु परमेश्वरको महिमाको निम्ति बनिने हुनाले यो वहाँको आफ्नो फिल्म हो | यसैले यसको निम्ति खट्ने, जिम्मा लिने, कलाकार, संगीतकार, गायक गायिका, तकनिकी सहयोगी, आवश्यक उपकरण, सहयोगी योग्य व्यक्तिहरु, संस्थाहरु प्रभुले नै जुटाउनु हुनेछ भन्ने कुरामा हामी आशावादी छौ ।
अब फिल्म बनाउन आवश्यक कोषको कुरा गर्दा यसको आफ्नै कोष र निर्दिष्ट लगानीकर्ता नभएको कारण सबैबाट अर्थ संग्रह गर्नु यसको एउटै विकल्प रहेको छ| यसको निम्ति सहयोग दिने, वचन दिने, व्यक्तिहरु फाटाक फुटुक गर्दै अघि आउदैछन, लाग्छ हामीले तोकेको रु ५०० भा रु को दरले दिने 20 हजार आर्थिक लगानीकर्ता हामी पाउनेछौ | प्रत्येकले दिएका रकम दान नभएर लगानी हुनेछ अनि प्रत्येक नै यसका निर्माण सहयोगी बन्नेछन | अब यो जानकारी विश्वभरिकै नेपाली जगतमा सबैलाई गराएर अर्थ संग्रहमा सहयोग पुर्याउने, स्वेच्छाले स्वयंसेवकको रुपमा स्थान स्थानमा प्रचार प्रसार गरिदिने, खटिदिने, महानुभावहरुको आवश्यक्ता परेकोछ |
इच्छुक दाताहरुबाट कम भन्दा कम रु पाचँ सय या स्वेच्छाको अधिक आर्थिक लगानी ग्रहण गर्ने हामी चाजोपाँजो मिलाउनेछौ | लगानीकर्ताहरुलाई यो फिल्म तैयार भएपछी यसको "प्रथम शो" अनलाइनमा "ओ टी टी" मार्फत "हेर्न पाउने अधिकार" अनि अर्को "अरुलाई देखाउने अधिकार" हामी विभिन्न माध्यमद्वारा गराउनेछौ | ।
कसरी आर्थिक सहयोगको रुपमा लगानी गरेर "प्रथम शो (आफैले मात्र हेर्न सकिने)" किन्ने, अर्को "अरुलाई आफुले फिल्म देखाउन सक्ने" अधिकार किन्नेबारे हामी केही समय पछि विस्तृत रुपमा बताउनेछौ |
आफुले मनले खाएका र सम्बन्धित या चासो राख्ने तपाईका मित्रहरुलाई मण्डलीका सदस्यहरुलाई पनि यसको बारेमा जनाउने सबैलाई आवहान गर्दछौ।
यस कथानक चलचित्रको निम्ति कम भन्दा कम एक शो हेर्न पाउन रु ५ सय (भा रु) को दरमा हेर्ने अधिकार या लगानी गर्ने दाताहरु भटाभट निस्कन लागेका छन | सबैलाई यसमा हातमा हात दिने आवहान गर्दछौ| रकम जम्मा गर्न निम्न ब्यांक एकाउन्ट मा देश र देश बाहिरका दाताहरुले पैसा ट्रान्सफर गर्न सक्नेछन |
कृपया पैसा पठाइसकेपछि आफ्नो WhatsApp नम्बर दिएर हामीलाई निम्न WhatsApp नम्बरमा जनाउनुहोला | आफ्नो नाम, मण्डली र स्थान (ठेगाना) संगै बताइदिनुभए हामी तपाईलाई तपाईको WhatsApp नम्बरमा फिल्म तैयार भएपछी हेर्न सकिने अस्थायी एन्ट्री नम्बर र रशिद पठाइदिनैछौ | नकद राशी दिनुहुनेहरुलाई पनि हामी रशिद हेरेर यो अस्थायी एन्ट्री नम्बर पठाइदिनैछौ |
सम्पर्क नम्बर : 7384343413/ 9547103309
Himali Upasana Isai Kala Sanrakshan Samity
Ac no.393602010022716
IFS Code: UBIN0539368
Bank: Union Bank of India
Branch: Kalimpong
हाम्रो एकाउन्टको QR कोड तल दिइएकोछ | हाम्रो UPI आइ डी >> 54234301@ubin
Himali Upasana Isai Kala Sanrakshan Samity
Ac no.393602010022716
विदेशबाट पैसा पठाउदा स्वीफ्ट कोड चाहिएमा IFS Code: UBIN0539368
Bank: Union Bank of India
Branch: Kalimpong
For foreign currency transfer
SWIFT CODE:
UBININBBSIL
नयाँ गोरेटो (कथानक चलचित्र)
निर्माता: उपासना प्रोडक्सन
कथा, पटकथा, संवाद, छायांकन तथा निर्देशन: ज्ञान गुरुङ्ग
सङ्गीत अनि पार्श्व सङ्गीत: आनन्द राई,
गीतकार: मुन्ना सुन्दास ,
सङ्गीत स्वरांकन अनि ध्वनी सम्पादन: पुनु लक्सम अनि सामुएल लेप्चा,
गायक गायिका: सुकमित टासो, जर्ज सुमन पेगा, एनो पन्लुक
कलाकारवर्ग: नम्रता राई, शालोम काबो, निलम जोशी, पाल्मु तामाङ्ग, सन्नी लेप्चा, अनित छेत्री, समीर बम्जन, प्रतिभा राई, स्व पत्रुस लेप्चा, सबिना लेप्चा, गणेश अधिकारी, जोहन लामा, सिमरोन, अभिषेक प्रधान, परसिस राई, जेदेक रोंगोंग, सुरज विश्व, प्रज्ञा सुन्दास, स्व पी जेम्स देशपाण्डे, स्व दिनेश चन्द्र राई तथा अन्यहरु |
No comments:
Post a Comment